नियम ८०ख
पुनर्वहाली भएमा पाउने भौगोलिक क्षेत्रको अङ्क
कुनै निजामती कर्मचारी निजामती सेवाबाट अवकाश प्राप्त गरी पुनर्वहाली भई
कामकाज गरेमा निजलाई अवकाश पाएको वर्षको भौगोलिक क्षेत्रमा काम गरे वापत अङ्क दिंदा ऐनको दफा २४ग. को उपदफा (
४) बमोजिम जुन वर्गको भौगोलिक क्षेत्रबाट अवकाश पाई बसेको हो सोही वर्गको भौगोलिक क्षेत्रको अङ्क दिइनेछ ।
तर बांकी अवधिको लागि “घ” वर्गको भौगोलिक क्षेत्रको अङ्क दिइनेछ ।